काठमाडौँ-साझा प्रकाशनको पुल्चोकस्थित भौतिक सम्पत्ति लिलामी हुनबाट जोगिएको छ । प्रकाशनले राष्ट्रिय सहकारी बैंकलाई साँवा तथा ब्याज गरी बिहीबार रु पाँच करोड ३० लाख १९ हजार २१६ भुक्तानी गरेकाले लिलामी हुनबाट जोगिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार उक्त रकम अर्थमन्त्रालयको सहयोगमा भुक्तानी गरिएको हो । तत्कालीन व्यवस्थापकले २०६९ फागुनमा प्रकाशनको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखी राष्ट्रिय सहकारी बैंक लिबाट एक वर्षको भाखा लिई रु चार करोड ६० लाख कर्जा लिएको थियो ।
संस्थाको आर्थिक असन्तुलनका कारण उक्त कर्जा तोकिएको समयावधिभित्र साँवा र ब्याज भुक्तानी गर्न सकिएको थिएन । बैंकबाट धितो लिलामी गरी कर्जा असुली गर्न पटक–पटक सूचना प्रकाशित गरिएको थियो ।
अध्यक्ष तथा महाप्रबन्धक शर्माका अनुसार साझा प्रकाशनद्वारा बैंकको ब्याजबापत रु दुई करोडभन्दा बढी रकम यसअघि नै भुक्तानी गरिसकिएको थियो ।
उनले लामो समयदेखि जेलिएको आर्थिक दायित्व तथा समस्या क्रमिक रूपमा व्यवस्थापन गर्दै संस्थालाई समृद्ध र सबैको साझा चौतारीका रूपमा अगाडि बढाउन विभिन्न २६ बुँदे साझा प्रकाशन सुधार कार्ययोजना कार्यान्वयन भइरहेको जानकारी पनि दिए ।
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै