
डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा सयौँको सङ्ख्यामा उद्धारकर्मी खटिएका छन् । तस्विर रोयटर्स
सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार – इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको छ ।
गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो । उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।
खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले बिहीबार दिएको छ । डुङ्गा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर, प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।
प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको र बिहीबार जानकारी दिइएको छ । अरु दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् ।
दुर्घटनमा परेको सो डुङ्गबाट कम्तीमा १९३ व्यक्ति वेपत्ता रहेका सरकारी अधिकारीहरुको अनुमान रहेको बिहीबार जनाइएको छ ।
खोजीकार्य जारी रहेको र हाल सम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरुले बताएका छन् । तर अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन सङ्ख्या प्राप्त भएको छैन ।
इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुङ्गा दुर्घटनामा परेको थियो ।
डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्वारमा मङ्गलबारदेखि सयौँको सङ्ख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।
तर अब ती हराएका यात्रु जिवीतै उद्वार गर्न सकिने सम्भावना भने निकै कम रहेको बताइन्छ । उक्त डुङ्गामा यात्रुहरुले विना टिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ ।
डुङ्गा गैरकानूनी भएको बताइएको छ । यसरी लुकिछिपी अवैध डुङ्गाबाट यात्रा गराउने गरेकोले सो क्षेत्रमा यसअघि पनि कैयौँको ज्यान गएको बताइएको थियो ।
इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका छन् । यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा नै डुङ्गा प्रयोग हुने गरेको पाइन्छ । तर यसको यात्रा दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ ।
इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा पनि एक डुङ्गा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जिवीतै उद्दार गरिएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो