
चीनको ‘बेइजिङ युनिभर्सिटी अफ स्पोटर्स’मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली प्रतिनिधिमण्डल । तस्वीर – हरि लामिछाने, बेइजिङ, रासस
बेइजिङ, ७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, “हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । हाम्रो नीति र कार्यक्रमको लक्ष्य समाजवादको जग खडा गर्नु हो । हामीले शान्तिपूर्ण माध्यम र लोकतान्त्रिक प्रतिस्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने सोच राखेका छौँ ।”
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विभिन्न आन्दोलनको अनुभवसहित पार्टी एकताको बिन्दुमा आइपुग्दा साम्राज्यवाद र सामन्तवादविरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको स्मरण गर्नुभयो ।
माओवादी सशस्त्र जनयुद्धले मुलुकका सिमान्तकृत समुदायका बीचमा राजनीतिक चेतना फैलाउँदै संविधानसभा, गणतन्त्रलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उहाँले जानकारी दिनुभयो ।
यी दुवै अनुभवपछि दुई पार्टीबीच माक्र्सवाद, लेनिनवादको मार्गदर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक, सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सबलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नीतिगत विशेषतासहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो ।
उहाँले नेकपाले हाल संघीय संसद्मा दुई तिहाइ जनमत र सातमध्ये छ प्रदेशमा सरकार सञ्चालन गरिरहेको जानकारी दिँदै यसबाट जनताले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जनादेश दिएकाले सरकार आफ्ना सबै प्रयासमार्फत समृद्ध नेपाल र सुखी नेपालीको संकल्प साथ अघि बढिरहेको छ भन्नुभयो ।
उहाँले नेपाल र चीनले एकआपसमा आफ्ना समाजवादी अभ्यास र मर्मलाई आत्मसात् गरेको उल्लेख गर्दै उहाँले जनताले समाजवादमा मात्र वास्तविक प्रगति, न्याय र जनमुखी विकास महसुस गर्न सक्ने भएकाले विश्व पूँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको बताउनुभयो ।
नेपालले पञ्चशील सिद्धान्तअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले चीन सरकार र जनताले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य तथा विशिष्ठ अवस्थामा सहयोग गर्दै आएकामा प्रशंसा गर्नुभयो ।
उहाँले सो पार्टी स्कुलको अवलोकन गर्नुभएको थियो । पार्टीलाई जनतासँग जोड्न, नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्न त्यस्ता स्कुल महत्वपूर्ण हुने भन्दै उहाँले यसबाट आफूहरुले पनि सिक्ने अवसर पाएको बताउनुभयो ।
प्रधानमन्त्रीले कम्युनिष्ट स्कुलको अनुभवको आदानप्रदान गर्दै सुशासन र समृद्धिका लागिसमेत सहयोग पुग्ने भएकाले आफूहरुलेसमेत सकारात्मक भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी