
चीन भ्रमणका रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेइजिङमा एसियाली पूर्वाधार तथा लगानी बैंकका अध्यक्ष जेन लिक्यूनसँग भेटवार्ता गर्नुहुँदै । तस्विर – रासस
बेइजिङ, ६ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई नहच्किन पनि भन्नुभयो ।
प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताउनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम