मस्को-विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए ।
खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो । शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो ।
निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए । पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ ।
विश्वकपअन्तर्गत आजै समूह ‘ए’ को उरुग्वे र साउदी अरेबिया पनि भिडिरहेका छन् । उरुग्वेले पहिलो खेल जितेकाले आजको खेल कम्तिमा बराबरी गरेमात्रै पनि प्रि क्वार्टरमा प्रवेश गर्नेछ । तर पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदीलाई प्रतियोगितामा टिकिरहन आजको खेल जित्नै पर्नेछ ।
आज उरुग्वे विजयी अथवा बराबरी भए मात्रै पनि अन्तिम १६ मा पुग्दा इजिप्ट र साउदी प्रतियोगिताबाट बाहिरिने छन् । आजै राति पौने १२ बजे समूह ‘बी’ को इरान र स्पेन खेल्ने तालिका छ । आजको खेलमा इरान विजयी भए अन्तिम १६ को यात्रा सहज हुनेछ ।
यसैगरी पहिलो खेलमा पोर्चुगलसँग बराबरीमा रोकिएको स्पेनलाई पनि विश्वकप खेलिरहन इरानलाई हराउनै पर्ने बाध्यता छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित