वासिङ्टन, ६ असार – संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट मङ्गलबार अलग हुने घोषणा गरेको छ ।
अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप र आलोचना गर्दै अमेरिका सो परिपदबाट छुट्टिएको घोषणा गरेको छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनमा यो घोषणा गर्नुभएको छ ।
उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेओको राय बमोजिम नै यो निर्णय गरिएको पनि बताउनुभएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।
केही विदेशी स्वार्थी राष्ट्र वा व्यक्तिले आफनै सेवागर्ने निकायको रुपमा यसलाई प्रयोग गर्दै आएकाले पनि उक्त परिषदबाट अमेरिकाले निस्किने निर्णयमा पुगेको राष्ट्र संघकालागि अमेरिकी राजदूत निक्की हेलीले बताउनुभयो ।
यस परिषदका सदस्यले आफ्ना र आफूले गरेका मानवअधिकार उल्लङ्घनका घटना लुकाउन यो परिषद खोलेको समेत आरोप लगाउनु भएको छ ।
राष्ट्रसंघको मानवअधिकार परिषद् गतवर्ष इजरायलप्रति सधैँ पूर्वाग्रही भएको आरोप लगाउँदै अमेरिकाले सो परिषद्को सदस्यता नवीकरणको लागि आगामी दिनमा विचार गर्ने पनि बताएको छ ।
जेनेभामा सन् २००६ मा गठन भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले मानवअधिकारको अवस्थाबारे प्रश्न उठाउन मिल्ने मुलुकहरूलाई पनि आफ्नो सदस्य बन्न दिएको आरोप अमेरिकाले विगतदेखि नै लगाउँदै आएको थियो ।
राजदूत हेलीले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार परिषदबाट अलग हुने अमेरिकी निर्णयबारे जानकारी दिनुभएको थियो ।
सो पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ पनि सहभागी हुनुहुन्थ्यो । परिषद्लाई मानवअधिकारको रक्षागर्न नसक्ने र निकै कमजोर निकायको संज्ञासमेत उहाँले दिनुभएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आफ्ना प्रवक्तामार्फत जारी गर्नुभएको एक प्रेस वक्तव्यमा अमेरिका मानवअधिकार परिषदबाट बाहिर निस्किन नहुने बताउनुभएको छ ।
उहाँले यस्तो सम्वेदनशिल परिषद्बाट अमेरिका बाहिर नजाओस भन्ने आफ्नो चाहना रहेको पनि बताउनुभएको समाचारमा जनाइएको छ ।
उता इजरायलले भने अमेरिकाको उक्त निर्णयको स्वागत गरेको बताइएको छ । इजरायलको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी अमेरिकाले उक्त परिषद्बाट अलग हुनेगरी गरेको निर्णयको स्वागत गरेको छ ।
अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास
सिड्नी, ६ असार (रासस/सिन्ह्वा) – संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।
अमेरिकाको यो निर्णयबाट संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (यूएनएचआरसी) पछाडि गएको अष्ट्रेलियाका विदेश मन्त्री जुली विसपले बुधबार बताउनुभएको छ ।
अमेरिकाको यूएनएचआरसीबाट छुट्टिने निर्णयबाट अष्ट्रेलिया निरास भएको विदेशमन्त्री जुलीको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निक्की हेलीले यस परिषद्माथि राजनीतिक पूर्वाग्रहरूपी फोहोर थुपार्ने खाल्डो, कपटी, पाखण्डी र इजरायलको विरोधीजस्ता अनेक आरोप लगाउँदै अमेरिका यस परिषदबाट छुट्टिएको घोषणा गर्नुभएको थियो ।
राजदूत हेलीले विदेशमन्त्री माइक पोम्पेओसँग वासिङ्टनमा भएको संयुक्त पत्रकार सम्मेलनमा मानव अधिकार परिषदबाट अलग हुने अमेरिकी निर्णय सार्वजनिक गर्नुभएको हो ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित