लन्डन । १६ जुन शनिबार बेलायतको बेजिङस्टोकस्थित डमर डाउन फार्ममा हजारौं नेपाली युवा ‘जुन फेस्टिभल’ मा रमाए । युवा लक्षित उक्त आउटडोर नेपाली संगीत मेलामा करिब ४ हजार दर्शक सहभागी भएर नेपाली गीत संगीतको आनन्द लिएका हुन् । ‘जुन फेस्टिभल’ मा अफ्रिकन ब्याण्डदेखि नेपाल, बेलायत र अमेरिकासम्मबाट आएका नेपाली कलाकारले ‘परफर्मेन्स’ गरे ।
अफ्रिकी ब्याण्ड ज्यान्तागोलासहित यूकेस्थित नेपाली व्याण्ड ‘हामी’, यूके बस्ने नेपाली रयापर योद्धा, नेपालबाट आएका नितेशजंग कुंवर, सविन राई, बिपुल क्षेत्री एण्ड दि ट्राभलिङ व्याण्ड र अमेरिकाबाट आएका दिवस गुरुङले दर्शकहरुलाई नेपाली गीत संगीतमा ‘ननस्टप’ नचाइरहे ।
डिजे याकोले बीचबीचमा उस्तै मनोरन्जन दिए । उक्त मेलामा संगीतबाहेक नेपाली खानाका स्टलहरु पनि थिए ।
पर्चा प्रोडक्सन र बिफेस्टले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम सञ्चालन समिर गुरुङले गरेका थिए । गत वर्ष यही आयोजकले वेम्ली एरिनामा झण्डै ७ हजार दर्शकमाझ ‘जुन फेस्टिभल’ गरेको थियो ।
पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङ देश विदेशमा रहेका नेपाली कलाकारहरुलाई ‘प्लेटफर्म’ दिन र नेपाली कला संगीतलाई जगेर्ना गर्ने उद्देश्य अनुरुप वर्षेनी बेलायतमा यस्ता कार्यक्रम गरिएको बताउंछन् । ‘यो बेलायतभर छरिएर रहेका युवाहरुबीच भातृत्व र मित्रता अभिवृद्धि गर्ने प्रयास पनि हो’- समिरले भने ।
तस्विरहरु- रुपक प्रजापति
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा