
काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु । तस्वीर- रोशन सापकोटा/रासस
काठमाडौँ-वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।
श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिएकी थिइन । पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदै । तस्वीर – रोशन सापकोटा, रासस
बुधबार बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १.०० बजे शवयात्रासहित पशुपति पुरयाइएको थियो । उनको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठूलो संख्यामा अस्पताल पुगेका थिए ।
डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरुले गर्ने अस्पतालले जनाएको छ । विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करीब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रुपमा बिताएका थिए ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण