
काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु । तस्वीर- रोशन सापकोटा/रासस
काठमाडौँ-वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।
श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिएकी थिइन । पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३.३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदै । तस्वीर – रोशन सापकोटा, रासस
बुधबार बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १.०० बजे शवयात्रासहित पशुपति पुरयाइएको थियो । उनको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठूलो संख्यामा अस्पताल पुगेका थिए ।
डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरुले गर्ने अस्पतालले जनाएको छ । विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करीब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रुपमा बिताएका थिए ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ