बेइजिङ, ५ असार – उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो ।
सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उहाँ बुधबार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।
नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गर्नुभएको थियो । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लाग्नुभएको बताइएको छ ।
उहाँ मङ्गलबार चीन पुग्नुभयो भने गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उहाँ जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुग्नुभएको थियो ।
चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उहाँले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
साथै उहाँले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।
चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।
गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो । चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।
सैन्य अभ्यास स्थगित
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन् ।
उनीहरुले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन् । सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बाचा उत्तर कोरियाली नेतासँग गर्नुभएको थियो ।
उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ । उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र उत्तर कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरुको उल्लङ्घन हुने पनि बताएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक