
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले साङपूजा तथा प्रवचन कार्यक्रम गरेको छ । गत १० जुन आइतबार लन्डन प्लमस्टिड कमनस्थित वर्किङ म्यान्स क्लबहलमा कार्यक्रम भएको हो ।
तमु बौद्ध एसोसिएसन नेपालका अध्यक्ष तथा पोखरास्थित तमु बौद्ध अर्घौं सदनका प्रमुख गुरु खिम्पो शिरलम गुरुङ (थुप्तेन येशे) ले पूजा, प्रवचन दिए । साङपूजापछि गुरुको सारगर्भित तथा गहन प्रवचनले सहभागी सबै मन्त्रमुग्ध देखिन्थे । पूजा प्रारम्भ हुनु अघि धर्मगुरु खिम्पो शिरलमलाई विधिपूर्वक भव्य स्वागत गरिएको थियो ।
संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले केहि महिनादेखि दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बा निर्माण गर्ने उद्देश्यले धार्मिक तथा च्यारिटी कार्यक्रम गरेर आर्थिक संकलन गर्दै आइएको बताए ।
अध्यक्ष गुरुङले लन्डनको दक्षिणपूर्व क्षेत्रमा नेपाली मुलका बौद्धधर्म अनुयायीहरूको संख्या हजारौं पुगेपनि हालसम्म नेपालीको गुम्बा स्थापना नभएको बताए । धार्मिक कार्यक्रम आयोजना गरेर बौद्ध दर्शनको अभ्यास र यसलाई व्यापकता दिने कार्यमा डायमन्ड बुद्धिस्ट सेन्टर यूके क्रियाशिल रहेको समेत अध्यक्षले उल्लेख गरे ।
कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । हलमा सहभागी सबै श्रद्धालुलाई सम्बोधन गर्दै संस्थाकी उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा तमु बौद्ध धर्मगुरु मध्ये सबैभन्दा पहिले बौद्धधर्ममा विद्यावारिधि (खिम्पो उपाधि) प्राप्त गरेका धर्मगुरु खिम्पो शिरलमलाई उनले बौद्ध धर्म प्रवर्धनका लागि पुरयाएको अथक योगदान र बुद्ध दर्शन व्यापक रुपमा फैलाएको भन्दै डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले कदरपत्रद्वारा सम्मान गरयो ।
संस्थाका अध्यक्ष गुरुङले सहभागी सबैलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै कदरपत्र पढेर सुनाएका थिए । यसै अवसरमा संस्थाको पूजा र प्रवचन कार्यक्रममा आर्थिक सहयोग र विभिन्न कोणबाट सहयोग गर्दै आएका संस्था र व्यक्तित्वहरुलाई धर्मगुरुको बाहुलीबाट कदरपत्र वितरण गरि सम्मान गरिएको थियो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा