
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले साङपूजा तथा प्रवचन कार्यक्रम गरेको छ । गत १० जुन आइतबार लन्डन प्लमस्टिड कमनस्थित वर्किङ म्यान्स क्लबहलमा कार्यक्रम भएको हो ।
तमु बौद्ध एसोसिएसन नेपालका अध्यक्ष तथा पोखरास्थित तमु बौद्ध अर्घौं सदनका प्रमुख गुरु खिम्पो शिरलम गुरुङ (थुप्तेन येशे) ले पूजा, प्रवचन दिए । साङपूजापछि गुरुको सारगर्भित तथा गहन प्रवचनले सहभागी सबै मन्त्रमुग्ध देखिन्थे । पूजा प्रारम्भ हुनु अघि धर्मगुरु खिम्पो शिरलमलाई विधिपूर्वक भव्य स्वागत गरिएको थियो ।
संस्थाका अध्यक्ष सुमलकुमार गुरुङले केहि महिनादेखि दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बा निर्माण गर्ने उद्देश्यले धार्मिक तथा च्यारिटी कार्यक्रम गरेर आर्थिक संकलन गर्दै आइएको बताए ।
अध्यक्ष गुरुङले लन्डनको दक्षिणपूर्व क्षेत्रमा नेपाली मुलका बौद्धधर्म अनुयायीहरूको संख्या हजारौं पुगेपनि हालसम्म नेपालीको गुम्बा स्थापना नभएको बताए । धार्मिक कार्यक्रम आयोजना गरेर बौद्ध दर्शनको अभ्यास र यसलाई व्यापकता दिने कार्यमा डायमन्ड बुद्धिस्ट सेन्टर यूके क्रियाशिल रहेको समेत अध्यक्षले उल्लेख गरे ।
कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । हलमा सहभागी सबै श्रद्धालुलाई सम्बोधन गर्दै संस्थाकी उपाध्यक्ष मिना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा तमु बौद्ध धर्मगुरु मध्ये सबैभन्दा पहिले बौद्धधर्ममा विद्यावारिधि (खिम्पो उपाधि) प्राप्त गरेका धर्मगुरु खिम्पो शिरलमलाई उनले बौद्ध धर्म प्रवर्धनका लागि पुरयाएको अथक योगदान र बुद्ध दर्शन व्यापक रुपमा फैलाएको भन्दै डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले कदरपत्रद्वारा सम्मान गरयो ।
संस्थाका अध्यक्ष गुरुङले सहभागी सबैलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै कदरपत्र पढेर सुनाएका थिए । यसै अवसरमा संस्थाको पूजा र प्रवचन कार्यक्रममा आर्थिक सहयोग र विभिन्न कोणबाट सहयोग गर्दै आएका संस्था र व्यक्तित्वहरुलाई धर्मगुरुको बाहुलीबाट कदरपत्र वितरण गरि सम्मान गरिएको थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक