काठमाडौँ-विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितको उपाधि हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल भिडन्तमा एपिएफले आर्मीलाई ६ विकेटले पराजित गरेको हो । आर्मीले दिएको २१० रनको लक्ष्य एपिएफले ४१ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यता समूह चरणको खेलमा भने एपिएफ आर्मीसँग पराजित भएको थियो । उपाधिसहित एपिएफले रु २० लाख प्राप्त गरयो ।
त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले रु १० लाख पायो । टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०९ रनको योगफल बनायो । आर्मीका लागि भीम सार्कीले ४५ रन बनाए भने सोमपाल कामीले ३६, कप्तान विनोद भण्डारीले ३५ तथा राजेश पुलामी मगरले २७ रन जोडे ।
बलिङतर्फ एपिएफका करण केसीले एक्लैले ३ तथा वसन्त रेग्मी र भुवन कार्कीले २-२ विकेट लिए । दुई सय १० रनको लक्ष्य पछ्याएको एपिएफको जीतमा अनिल शाह र प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गरे । शाह र ऐरीले ६३-६३ रनको योगदान दिए । त्यस्तै सुवास खकुरेलले १४, पृथु बाँस्कोटाले ३२, रोहितकुमार पौडेलले १५ तथा करण केसीले पनि समान १५ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका सोमपालले तीन विकेट लिए भने विक्रम सोबले एक विकेट झारे । एपिएफका अनिल फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि आर्मीका सागर पुन घोषित भए । उनले रु एक लाख प्राप्त गरे । यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान एपिएफका प्रदीप घोषित भए भने प्रतियोगिताको उत्कृष्ट बलर आर्मीका सुसन भारी चुनिए । प्रदीप र सुसनले जनही रु ५० हजार हात पारे ।
प्रतियोगिताको इमर्जिङ प्लेअर प्रदेश ४ का हरिबहादुर चौहान चुनिए । उनले पनि रु ५० हजार पाए । विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित