काठमाडौँ- प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब भिड्ने भएका छन् ।
राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल खेल सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो । प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । एपिएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन । यसअघि समूह चरणमा आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो ।
सेमिफाइनलमा आर्मीले प्रदेश नं ५ लाई १५४ रनले तथा एपिएफले नेपाल पुलिसलाई नौ रनले हराउँदै फाइनलमा भिडन्त पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार पुरस्कार पाउनेछन् । पहिलो पटक संघीय संरचनाअनुसार आयोजना गरिएको उक्त एकदिवशीय प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा