लन्डन । बकिङहम प्यालेसमा बेलायती महारानीको शुभजन्मोत्सव परेड भइरहंदा त्यहां उपस्थित निम्तालु नेपाली ओपन कन्सर्टमा जान हतार गरिरहेका थिए । राजदूतसहित कयौं गोर्खा र तिनका परिवार फार्नबोरो फुटबल क्लव पुग्नु थियो मध्यान्ह । ‘हतार हतार यता आउंदैछु’, प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले लामो सास फेर्दै सुनाए, ‘महारानीको जन्मोत्सव जत्तिकै महत्वपूर्ण यो कार्यक्रम धन्न छुटेन ।’
मगर संघ यूकेले शनिबार उल्लेख्य नेपाली बस्ने नगर फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लवमा गरेको ओपन कन्सर्टमा करिब तीन हजार सहभागी थिए । बेलायतमा नेपालीले वृहत स्तरमा गर्ने खुल्ला सांस्कृतिक कार्यक्रम (ओपन कन्सर्ट) यो मात्र एक हो । तमुधिं यूकेको गोर्खा कप र नेपाली मेलापछि मगर संघको ओपन कन्सर्टले हजारौंलाई आकर्षित गर्ने गरेको छ ।
यसपटक कन्सर्टका लागि नेपाली राष्ट्रिय कलाकारहरु गायिका प्रिति आले, लोकगायक विमलराज क्षेत्री, नेपाल आइडल टप फोर सागर आले र गायिका मिना लामा स्टेजमा उत्रिए ।
पछिल्लो समय दोहोरी ब्याटलले चर्चामा रहेकी प्रिति आलेले बाबरी, पञ्चे बाजाको गीत मेरो बेहुलीलाई, दोहोरी ब्याटल अनि झयाउरे सहित कयौं गीत गाइन् । तीन महिनाबीचमा दोश्रो पटक बेलायत आएका प्रितिले उल्लेख्य दर्शकमाझ भनिन्, ‘यसअघि एक दुईसय जनाको बीचमा गाएको थिएं, आज यति बिघ्न दर्शक देखेर ज्यादै उत्साहित छु ।’
केही महिनादेखि बेलायतमै रहेका लोकप्रिय गायक विमलराज क्षेत्रीका ननस्टप हिट नम्बरले माहोल लोकमय बनेको थियो । क्षेत्रीले सुपारी चाम्रो, मधु बनैमा, जापान टोकियो लगायत दर्जन हिट गीत र दोहोरीले दर्शक नचाए ।
कार्यक्रममा युवा रोजाइमा थिए पहिलो नेपाल आइडल टप फोर सागर आले । जीवन हो घामछायां, हावा चल्यो सरर, भेट हुंदा सोल्टिनी, तिम्रो मन, परेलीमा, खाइदेउ गोरी खाइदेउ जस्ता गीत गाएर सागरले भरपुर मनोरन्जन दिलाए । गायिका मिना लामाले पनि गाइन् ।
यो नेपाली शिर उचाली… राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिए ।
प्रमुख अतिथी राजदूत डा. सुवेदीले बेलायतमा पनि आफ्नो मातृभाषा, साहित्य, कला, संस्कृति, संगीत, चाडपर्व संरक्षण र संवर्धन गर्ने अभियानमा नेपाली रहेको भन्दै खुशी व्यक्त गरे । ‘हामी यहां पनि नेपालीमन र नेपालीपन बचाउने अभियानमा छौं’, राजदूतले थपे, ‘बेलायतमा पनि नेपाली सभ्यता, शिष्टता, इमान्दारिता, नेपालको पहिचान, प्रतिष्ठा र गौरव बचाउने अभियानमा छौं हामी । बेलायतमा पनि सानो नेपाल बनाउने अभियानमा छौं ।’
बेलायतभर छरिएर बसेका भए पनि नेपालीहरु एकताको मजवुत, शिष्ट र विशिष्ट धागोमा उनिएर बसेको उनले बताए । ‘यस कार्यक्रमले नेपालको माटो र मुटुको अटुट सम्वन्ध प्रवासमा पनि बिर्सन सकेका छैनौं भन्ने सन्देश दिएको छ’, उनले भने ।
विशेष अतिथी रसमोर डेपुटी मेयर सु कार्टरले आफ्नो बरोमा नेपालीको वृहत सांस्कृतिक कार्यक्रम हेर्न पाउंदा खुशी लागेको बताइन् ।
आयोजक मगर संघ यूके अध्यक्ष नेम थापाले खेल र संगीतले विभिन्न समुदायलाई एकताको सुत्रमा बांध्ने भएकाले वर्षेनी ओपन कन्सर्ट गरिएको जनाए ।
संघका उपाध्यक्ष बम थापा (सूर्यवंशी) ले संयोजन गरेको उक्त कार्यक्रममा प्रिति, विमल र मिनाको लोकदोहोरी प्रतिष्पर्धा पनि रोचक थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रम कल्चरल सेक्रेटरी तुलचन्द्र तिलिजा पुन मगर, असिस्टेन्ट कल्चरल सेक्रेटरी दुर्गादेवी पुन, जानकी पुन, मिस यूके नेपाल सृजना गुरुङले सञ्चालन गरेका थिए । उक्त अवसरमा मगर संघ यूकेको स्मारिका कानुन लाङघाको पनि प्रमुख अतिथी, अतिथीहरुले विमोचन गरे ।
कार्यक्रममा राफल ड्र समेत गरिएको थियो ।
तस्विर- मिलन तमु/शिव भण्डारी
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित