कुन्दुज, अफगानिस्तान, २६ जेठ – अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवान समूहले शनिवार बिहानै सुरक्षा शिविरमा प्रवेश गरी आक्रमण गर्दा भएको झडपमा परी कम्तीमा १९ जना प्रहरीले शाहदत प्राप्त गरेका अफगानी अधिकारीले जनाएका छन् ।
विद्रोहीले आगामी हप्ता देखि लागू हुने गरी युद्धविराम गरेको घोषणा गर्नुपूर्व गरेको आक्रमणमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
घटनाको तालिवान समूहले जिम्मेवारी लिइसकेको छ । तालिवानी विद्रोहीले एक दिन पहिले पनि पश्चिमी प्रान्त हेरातमा आक्रमण गर्दा १७ सैनिकको मृत्यु भएको थियो ।
कुन्दुजका प्रान्तीय सरकार प्रमुख नेहमातुल्लाह तैमुरी दिएको जानकारीमा भनिएको छ, “शनिबार शिविरमा भएको आक्रमणमा १९ प्रहरीले शाहदत प्राप्त गरेका छन् भने कम्तीमा पाँच प्रहरी घाइते भएका छन् ।”
प्रहरीका प्रान्तीय प्रवक्ता इन्हामुद्दिन रहमनीले प्रहरीतर्फको मृतक सङ्ख्या १९ भएको पुष्टि गर्दै घटनामा आठ तालिवान लडाकूको पनि मृत्यु भएको बताउनुभयो ।
तालिवान विद्रोही समूहले शनिबार भएको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै मुस्लिमहरूको पवित्र पर्व रामादानको २७ औँ दिनदेखि इद उल फित्रको पाँचौं दिन (यही जुन १२ देखि १९ सम्म) युद्धविराम लागू हुने जनाएको अफगानी राष्ट्रपति असरफ घानीले ट्वीटरमार्फत जनाउनुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]