बेइजिङ, २५ जेठ – चिनियाँ राष्ट्रपति सि जिनपिङ र उहाँका रुसी समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार भेटवार्ता हुने भएको छ ।
शुक्रबारै रुसी राष्ट्रपति पुटिन बेइजिङ पग्नुभएको हो । दुई नेताबीच अमेरिकासँगको कूटनीतिक सम्बन्ध र आर्थिका चुनौतिको विषयमा वार्ता हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि सो भेटवार्तामा हुने भनिएका कुराकानीका बारेमा भने केही बाहिर आएको छैन । केही समाचारहरुमा भने आगामी मङ्गलबार सिङ्गापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको शिखर वार्ताको विषयमा सो बैठकमा कुराकानी हुने बताइएको छ ।
चौथो कार्यकालको लागि गत मार्चमा निर्वाचित पुटिन ‘ग्रेट हल अफ द पिपुल्स इन बेइजिङ्’ पुगी राष्ट्रपति सिसँग वार्ता गर्नु हुने बताइएको छ ।
पुटिनलाई राष्ट्रपति हुन पाउने कार्यअवधि भन्दा पनि बढी समयसम्म राष्ट्रपति हुन पाउने प्रावधानबमोजिमको कानुन बनाएर सो पदमा पुग्न सफल नेताको रुपमा हेरिन्छ ।
उहाँको स्वागत कार्यक्रममा दुबै राष्ट्रप्रमुखले चिनियाँ सेनाको विशेष सलामी ग्रहण गर्नुभएको थियो । साथै उहाँहरुलाई स–साना बालबालिकाले दुवै देशका झण्डा फहराएर स्वागत गरेका थिए ।
दशकौँदेखि शक्तिमा रहन सफल यी दुई नेताबीच सम्बन्ध थप बलियो भएको छ । यी दुई देश आर्थिक रुपमा पनि सम्पन्न हुदै गएपछि अमेरिकामाथि पनि आर्थिक प्रतिद्वन्द्वीको रुपमा चुनौति थपिएको छ ।
सि र पुटिन आफ्नो देशलाई अझै सफल र बलियो बनाउन सँगसँगै हिडेका साथीको रुपमा रहेका ‘कार्नेगी मस्को सेन्टर’ का वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
रुसी राष्ट्रपति पुटिनले एक असल मित्रको भूमिका निभाउनु भएको चिनियाँ राष्ट्रपति सिले हालै दिएको एक अन्तरवार्तामा बताउनु भएको छ ।
पछिल्लो समयमा अमेरिकासँग रुसको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाको यस सम्बन्धका कारण पनि यी दुई देश आपसमा झनै नजिकिन पुगेका पनि समाचारहरुमा जनाइएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण