जम्मु, भारत, २५ जेठ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति सरकार गम्भीर रहेको गृह मन्त्री राजनाथ सिंहले बताउनु भएको छ ।
प्रधानमन्त्री मोदीको विद्रोही माओवादीले हत्या गर्ने षडयन्त्र गरिरहेको विवरण आएपछि गृहमन्त्री सिंहले शुक्रबार यस्तो बताउनु भएको हो ।
“हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
प्रहरीले बिहीबार मात्रै पुनेबाट पक्राउ गरिएका पाँच जनामध्ये एक जनाबाट रतीय कम्युनिष्ट पार्टी (माओवादी) सँग सम्लग्नता रहेको पुष्टि हुने एउटा ‘पत्र’ पाएको र पक्राउ गरिएको जनाएको छ ।
उनीहरुले प्रधानमन्त्री मोदी र पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको प्रकृतिको हत्याको योजना बनाइरहेको प्रहरीले अदालतलाई बताएको छ ।
गृहमन्त्री सिंहले नक्शालवादीहरूको हिंसा चाडै नै अन्त्य हुने दावी पनि गर्नुभयो । विद्रोहीहरू १३५ जिल्लाबाट ९० जिल्लामा खुम्चिइसकेको र दश जिल्लामा मात्रै सक्रिय भएको उहाँको भनाई छ ।
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान