वासिङ्टन, संयुक्त राज्य अमेरिका, २५ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘कानूनभन्दा माथि नभएको’ शुक्रबार बताउनुभएको छ । तर, अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उहाँले दोहोराउनु भएको छ ।
क्यानडामा हुँदै गरेको औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिनलाएकोसहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताउनुभयो ।
ट्रम्पले भन्नुभयो, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने ? यो सवैलाई थाहा भएकै कुरा हो ।”
यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा लेख्नुभएको थियो, “कैयौँ कानूनविदहरूले मलाई क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ भन्ने सल्लाह दिएपनि मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने ?”
उहाँका वकील रूडी गिलानीले पनि अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमादान गर्ने शक्तिको व्यवस्था गरेपनि त्यो गर्दा ‘कठीन’ राजनीतिक जटिलता आउनसक्ने बताउनुभएको थियो ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम