लन्डन । अमेरिकाका नेपालीले शुरु गरेको सोसियल इ कमर्स साइट ‘सगुन’ ले तेश्रो तथा अन्तिम चरणमा लगानीको अवसर खुल्ला गरेको छ ।
स्टर्ट अप कम्पनी सगुनले यही जुन १५ सम्म अन्तिम समयसीमा दिंदै लगानीका लागि विश्वभर छरिएर रहेका नेपालीहरुलाई आव्हान गरेको हो । उत्तर कोरिया र इरानबाहेक विदेशमा रहेका नेपालीले डेबिट र क्रेडिट कार्डमार्फत कम्तीमा एक हजार डलरको शेयर खरिद गर्न सक्नेछन् ।
सगुनले गत वर्ष सन् २०१७, जुलाई २७ मा अमेरिकी निकाय ‘सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन’ को कानुनी अधिनमा रहि मिनी आइपिओ मार्फत २० मिलियन डलर उठाउन पाउने अनुमति पाएको थियो । सगुनका सह संस्थापक कविन्द्र सिटौलाले हालसम्म पांच मिलियन डलर उठिसकेको र हिन्दूस्तान टाइम्सले पांच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको जानकारी दिए ।
अहिले सगुनमा ४ हजार जना लगानीकर्ता रहेको जनाउंदै सिटौलाले लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी हुने जिकिर गरे । ‘नेपालीमाझ इनोभेसन कल्चर विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो’, सहसंस्थापक सिटौलाले भने, ‘नेपाललाई इनोभेटिभ देश भनेर विश्वमाझ चिनाउन चाहन्छौं हामी । तर हामीलाई विश्वभरका नेपालीको साथ आवश्यक छ ।’
‘कनेक्ट, शेयर, अर्न’ मिसन लिएको सगुनको शुरुका दिन दुई मिलियन डलर भ्यालु रहेकामा अहिले ९२ मिलियन डलर पुगेको र सन् २०२२ सम्म यो न्यूयोर्क स्टक एक्सचेन्जमा पुग्ने दावी छ ।
हाल प्रविधि विकास, बजार प्रवर्धन र विज्ञ पदपूर्तिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको सगुनले केही महिनाअघिमात्र दिल्लीमा ‘एन्ड्रोयड एप’ सार्वजनिक गरेको थियो । उसको ‘एन्ड्रोयड एप’ दश लाख बढि डाउनलोड भइसकेको छ । सगुनले गिफ्ट र सपिङका लागि निकट भविष्यमा ‘सोसियल स्मार्ट कार्ड’ ल्याइने समेत जनाएको छ ।
सगुनमा लगानी गर्न भारतीय ठूला मिडिया हाउससंगै सेलिब्रेटी पनि आकर्षित भएका बताइएको छ । हालैमात्र भारतकी चर्चित मिडिया सेलिब्रेटी मन्दिरा वेदीले सगुनमा लगानी गर्ने घोषणा गरेकी थिइन् । सगुनको भारतमा पनि कार्यालय छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा