लण्डन–नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्का हाल बेलायतमा छन् । लर्डस क्रिकेट मैदानमा आउँदो जुलाइ २९ गते हुने एमसीसी, नेदरल्याण्डस र नेपालबीचको त्रिकोणात्मक ‘टवान्टी–२०’ सफल बनाउन ‘हाइ लेभल’ भेटघाट र प्रमोशनमा उनी दिनहुं जस्तो व्यस्त छन् ।
पारस २८ मे मा बेलायत ओर्ले लगत्तै पहिलो चरणमा नेपाली राष्ट्रिय टोलीलाई सहयोग गर्ने खेलप्रेमी युवाहरुसँग छलफलपछि एक उच्च स्वयंसेवक समिति गठन गरिएको थियो ।
यसैबीच, मंगलबार पारस सहितको आयोजक समिति र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीबीच राजदूतावासमा एक अनौपचारिक भेटघाट सम्पन्न भएको छ । उक्त अवसरमा दूतावासका तर्फबाट सैनिक सहचारी कर्णेल कुमारबाबु थापा र थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरेको पनि उपस्थिति थियो भने आयोजक कमिटीबाट प्रशान्त कुँवर र सिद्धार्थबिक्रम क्षेत्रीको उपस्थिति थियो ।
उक्त भेटघाट आउँदो जुलाइ २९ को प्रतियोगितालाई कसरी सफल बनाउने भन्ने विषयमा केन्द्रित रहेको थियो । राजदूत सुवेदीले जुलाइ २९ लाई राष्ट्रिय महोत्सवको रुपमा मनाउनुपर्ने र त्यसका लागि सबै समुदाय, जातजाति, धर्म र क्षेत्रमा फैलिएका नेपालीहरु एकजुट भएर लागे दश हजार नेपाली लर्डस मैदानमा उतार्न सकिने बताएका थिए । उनले यसका लागि दूतावासले बेलायतमा रहेका नेपाली संघ संस्थाहरुसँग छिट्टै आयोजक कमिटीसँग मिलेर विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बेलायतको लर्डस जस्तो ठाउँमा पुनः खेल्न पाउनु राष्ट्रकै गौरव भएको बताउँदै सुवेदीले आउँदो जुलाइ २९ का दिन अरु संघसंस्थाका कार्यक्रमहरु नजुधाउन र जुधि हालेका कार्यक्रमहरु छन् भने पनि त्यसलाई अन्य दिनमा सारेर सहयोग गरिदिन पनि अनुरोध गरे ।
बेलायतमा २०१६ को भन्दा बढी दर्शक उतार्न सके बेलायतमा नेपालीको एकता र राष्ट्रियता देखिने भएकाले यस्तो मौका विश्व सामु चुकाउन नहुने उनले बताए । बेलायतीहरु ‘क्वालिटी’ र ‘क्वान्टीटी’ मा विश्वास गर्ने हुँदा ‘क्वालिटी’ का लागि राष्ट्रिय टोलीले र ‘क्वान्टीटी’ का लागि खेल बाहिरका सबै नेपालीले कम्मर कस्नुपर्ने धारणा उनले राखे ।
करिब आधा भएको उक्त भेटघाटमा कप्तान खड्काले पनि नेपाल अहिले एक दिवसीय खेल्ने देशमा समावेश भैसकेको र यदि लर्डसमा हुने खेलमा १० हजारको हाराहारीमा दर्शक उतार्न सके नेपाललाई अरु एक दिवसिय देशहरुले पनि खेल्न बोलाउन नहिच्किचाउने बताए । उनले लर्डसको खेलले नेपालको छुट्टै चिनारी बन्ने विश्वास व्यक्त गरे ।
उनले सन्दिप लामिछाने भारतीय प्रिमियर लिगमा समावेश भएर फेरी ‘वल्ड ११’ बाट भर्खरै वेष्ट इण्डिजविरुद्ध लर्डसमै खेल्ने पहिलो नेपाली खेलाडी बनेको बताउँदै अबका दिनमा नेपाली जनताले साथ दिए नेपालले थुप्रै अरु सन्दिपहरु उत्पादन गर्नेमा आफू निकै आशावादी रहेको बताए ।
अन्तमा नेपालको क्रिकेटले विश्वस्तरमा नेपाललाई चिनाउन खेलेको भूमिकालाई कदर गर्दै राष्ट्रिय टोलीको सम्मानमा जुलाइ २९ भन्दा पहिले नै एक विशेष रात्रिभोज दूतावासमै आयोजना गर्ने र उक्त रात्रिभोजमा आयोजक कमिटी, नेपाली कम्युनिटीका अग्रजहरु, स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि सम्मिलित गर्ने पनि सहमति भयो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित