लन्डन । सरकारले प्रवासी नेपालीसँग भएका ज्ञान, क्षमता र अनुभव नेपालमा भित्र्याउने तयारी थालेको छ । नेपाल कम्यूनिस्ट पार्टीका सांसद पदम गिरीको स्वागतमा सोमबार लन्डनमा आयोजित कार्यक्रममा सांसद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने बताएका हुन् ।
उक्त कार्यका लागि प्रधानमन्त्री केपी ओलीले ‘थिंक टयांक’ गठन गर्न लागेका छन् । थिंक टयांकले शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न छुट्टाछुटटै विज्ञहरु रहने छन् । ति विज्ञले सरकार र प्रवासी नेपालीसँग समन्वय गरि मुलुकलागि समृद्ध बनाउन द्रुत गतिमा काम गर्नेछन् । सांसद गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लायक भएको दावी गरे ।
उनका अनुसार सरकारको उच्च प्राथमिकतामा पूर्वाधार विकास छ । त्यसमा प्रवासी नेपालीको सहयोग अपेक्षा गरिएको उनले बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सांसद गिरीलाई स्वागत गर्दै सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रमा जनता भन्दा ठूलो कोही नभएको बताउदै अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए ।
मञ्चका संस्थापक अध्यक्ष आङकल्जङ लामाले प्रवासका संगठनबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको जनाए । निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभव नेपाल सरकारलाई हस्तान्तरण गर्न आफूहरु तयार रहेको बताए ।
जनप्रगतिशील मञ्च यूकेका पूर्व इन्चार्ज पूर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले पत्रकारहरु नेपालको समृद्धिका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।
नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङमाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो