लन्डन । सरकारले प्रवासी नेपालीसँग भएका ज्ञान, क्षमता र अनुभव नेपालमा भित्र्याउने तयारी थालेको छ । नेपाल कम्यूनिस्ट पार्टीका सांसद पदम गिरीको स्वागतमा सोमबार लन्डनमा आयोजित कार्यक्रममा सांसद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने बताएका हुन् ।
उक्त कार्यका लागि प्रधानमन्त्री केपी ओलीले ‘थिंक टयांक’ गठन गर्न लागेका छन् । थिंक टयांकले शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न छुट्टाछुटटै विज्ञहरु रहने छन् । ति विज्ञले सरकार र प्रवासी नेपालीसँग समन्वय गरि मुलुकलागि समृद्ध बनाउन द्रुत गतिमा काम गर्नेछन् । सांसद गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लायक भएको दावी गरे ।
उनका अनुसार सरकारको उच्च प्राथमिकतामा पूर्वाधार विकास छ । त्यसमा प्रवासी नेपालीको सहयोग अपेक्षा गरिएको उनले बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टीका सांसद गिरीलाई स्वागत गर्दै सरकारले जनआकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रमा जनता भन्दा ठूलो कोही नभएको बताउदै अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए ।
मञ्चका संस्थापक अध्यक्ष आङकल्जङ लामाले प्रवासका संगठनबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको जनाए । निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभव नेपाल सरकारलाई हस्तान्तरण गर्न आफूहरु तयार रहेको बताए ।
जनप्रगतिशील मञ्च यूकेका पूर्व इन्चार्ज पूर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले पत्रकारहरु नेपालको समृद्धिका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।
नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङमाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित