लण्डन । बेलायतमा रहेर साहित्य सिर्जना गर्दै आएका स्रष्टा रक्ष राईलाई नुवाकोट साहित्य प्रतिष्ठान नेपालले यस वर्षको ‘युगान्तर वर्ष पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । राईलाई २०७४ ‘युगान्तर’मा प्रकाशित ‘आत्मभत्र्सना’ शीर्षक कथाका लागि उक्त पुरस्कार दिन लागिएको हो ।
प्रतिष्ठानको वार्षिक प्रकाशन ‘युगान्तर’मा प्रकाशित लेख–रचनामध्ये उत्कृष्ट एकलाई प्रदान गरिने पुरस्कारको राशी नगद पाँच हजार र ताम्रपत्र रहेको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताए ।
बेलायतको वेल्समा बस्दै आएका राईका ‘शहीदकी आमाको लास’, ‘बालुवामा नेपाल’ कथासङ्ग्रह, ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ कवितासङ्ग्रह र ‘डायास्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ तथा ‘नवचेतनाग्रह’ नामक सैद्धान्तिक कृति प्रकाशित छन् । उनी ‘युद्धसौन्दर्य चिन्तन’ मा पनि काम गरिरहेका छन् ।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको शनिबार बसेको बैठकले राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यसै गरी प्रतिष्ठान नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका निमित्त उल्लेखनीय योगदान पुरयाएबापत ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’बाट हिरण्यकुमारी पाठक (काठमाडौँ), नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ), गंगाप्रसाद अधिकारी (इलाम), ‘महाण्डल युवा साहित्य सम्मान’बाट कपिलदेव भट्टराई (मकवानपुर), देवकी अभिलाशी (दोलखा) र ‘कमलादेवी–जननिधि गजुरेल स्मृति साहित्य सम्मान’बाट दाङकी स्रष्टा भवानी न्यौपानेलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।
बेलायतमा मनायो मंगला बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा