लन्डन । खेलकुद विकास र कल्याणकारी कार्यमा क्रियाशिल बेलायतस्थित एउटा नेपाली संस्था सहारा यूके हयाम्पसायर एफए इक्वेलिटी च्याम्पियन अवार्ड प्राप्त गर्न सफल भएको छ ।
गत २ जुन शनिबार सांझ साउथहयाम्पटन एफसी कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा सहारा यूकेलाई हयाम्पसायर एफएले इक्वेलिटी च्याम्पियन अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा हयाम्पसायर एफएका क्रिस स्मिथले सहारा यूके अध्यक्ष मिन बहादुर गुरुङ (साईंला) लाई उक्त अवार्ड प्रदान गरे ।
स्मरणरहोस्, सहारा यूके अध्यक्ष गुरुङ ‘हयाम्पसायर इन्क्लुसिभ एडभाइजरी ग्रुप’ मा छन् । अवार्ड कार्यक्रममा सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, एफसी चेयरमेन कुसाङ गुरुङ, महासचिव कृष्ण गुरुङ, धनु थकाली सहभागी थिए ।
अवार्ड प्राप्त गरेपछि अध्यक्ष गुरुङले सबैप्रति आभार व्यक्त गर्दै सबैको योगदानले यस अवार्ड मिलेको बताए ।
पछिल्लो समयमा सहारा यूकेले एफएसंग सम्वन्ध विस्तार गर्दै गएको छ । यही निकट सम्वन्धका कारण एफएले नेपालीहरुको सबैभन्दा वृहत गोर्खा कपका बेला एफए कप प्रदर्शन गर्न मैदानमै कप ल्याएको थियो । गोर्खा कप हेर्न एफए पदाधिकारी पनि सहभागी थिए ।
एफएले भविष्यमा सहारा यूके खेलाडीलाई प्रशिक्षण, रेफ्री तालिम र अन्य लजिस्टिक सहयोग गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जनाए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’