लन्डन । गोर्खाहरुको आधुनिक युद्ध इतिहास बोकेको बेलायत फोकस्टनस्थित गोर्खा मेमोरियल स्मारक स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । निर्माण भएको तीन वर्षपछि गोर्खा मेमोरियल फण्डले शनिबार स्थानीय फोकस्टन टाउन काउन्सिललाई स्मारक हस्तान्तरण गरेको हो ।
फोकस्टन टाउन मेयर आन बेरी र गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङबीच एउटा एमओयू हस्ताक्षरपछि स्मारक अब काउन्सिलको जिम्मामा गएको छ ।
‘बेलायत सरकारलाई समस्त गोर्खाहरुका तर्फबाट उपहार हो यो’, गुरुङले भने, ‘यसबाट बेलायतले गोर्खाहरुप्रति हेर्ने दृष्टिकोण र विश्वास अझ बढ्ने मेरो आशा छ ।’ स्मारकको नियमित मर्मत सम्भार र अन्य व्यवस्थापन गर्न फण्डलाई सकस पनि भइरहेको थियो ।
गुरुङले काउन्सिलर छंदै सन् २००९ तिर स्मारक निर्माण प्रोजेक्टको योजना बनाएका थिए । विभिन्न चन्दादाताहरुको करिब एक करोड रुपैयां सहयोगमा सन् २०१५ मा स्मारक बनेको थियो । बेलायती सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठको अवसर पारेर ब्रिटिश अभिनेत्री जोआना लुम्ली र कांग्रेस नेतृ सुजाता कोइरालाले उक्त स्मारक उद्घाटन गरेका थिए ।
स्मारकमा अफगानिस्तान र अन्य देशका द्वन्द्वमा वीर गति प्राप्त गरेका १५ जना दिवंगत गोर्खाहरुको नाम अंकित छ । यसमा गोर्खा इतिहास पनि समावेश छ । स्मारकले नेपाली नयां पुस्ता र बेलायती नागरिकलाई गोर्खा इतिहास र योगदानबारे थप प्रष्टयाउने विश्वास लिइएको छ ।
गोर्खा मेमोरियल फण्डका संस्थापक गुरुङले आफ्नो संस्थाले बेलायतस्थित गोर्खा समुदाय र मातृभूमिका लागि कल्याणकारी काम गर्दै आएको जनाए । फण्डले हालै झापाको काकडभिट्टा माविमा ३१ कम्युटरसहित आइटी सेन्टर स्थापना गरिदिएको छ भने आगामी वर्षसम्म रोल्पाको खाबाङ गाउंस्थित श्री बलभद्र माविमा त्यस्तै सेन्टर स्थापना गर्ने उद्देश्य राखेको छ ।
संस्थाको प्राकृतिक विपत्ति सचेतना कार्यक्रम अन्तर्गत नेपालमा अग्नी नियन्त्रण सम्वन्धि प्रशिक्षण र सामाग्री साथै एम्बुलेन्स उपलव्ध गराइएको पनि गुरुङले जानकारी दिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने