पोखरा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गरिएको बताएका छन् ।
नेकपा अन्नपूर्ण गाउँपालिकाद्वारा अध्यक्ष दाहालको जन्मथलो ढिकुरपोखरीमा शनिबार आयोजित सम्मान तथा स्वागत कार्यक्रममा उनले ठूलो पार्टीको लागि मात्र नभई मुलुक र जनताको समृद्धिका लागि एकता गरिएको स्पष्ट पारे ।
पार्टी एकताअघि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र आफूले विगतका सात वर्षको नेपालको विकासको विश्लेषण गरेको जानकारी दिँदै अध्यक्ष दाहालले एकतालाई प्रदेश र संघ निर्वाचनको परिणामले समेत अनुमोदन गरेको बताए ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी, केन्द्रीय सदस्यद्वय खगराज अधिकारी र राजकाजी गुरुङ, नेता कृष्ण थापा र बखानसिंह गुरुङले पार्टी एकताले नेपाली जनतामा आएको उत्साहको भावनालाई बुझेर सरकारले काम गर्नु पर्नेमा जोड दिए ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता