मड्रिड, १८ जेठ – स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित हुनुभएको छ । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उहाँको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित थिए ।
सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताउनु भएको छ । स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उहाँको भनाई छ ।
उहाँले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताउनु भएको छ ।
स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नव निर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिनुभएको छ ।
सान्चेजको जन्म सन् १९७२ को फेब्रुअरीमा मड्रिडमा भएको हो । सोसलिष्ट वकर्स पार्टीमा उहाँ १९९३ मा आवद्ध हुनुभएको थियो भने १९९८ मा यूरोपेली संसदको संसदीय सहयोगी बन्नुभएको थियो । सन् २००९ देखि २०११ सम्म र २०१३ देखि २०१६ सम्म उहाँ मड्रिडमा सोसलिष्ट तर्फको सांसदमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २०१४ को जुलाईमा पार्टीको महासचिव बन्नुभएको थियो ।
उहाँले अहिले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोप सहित संसदमा अविश्वासको प्रस्ताव राख्नु भएको थियो । अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पुरयाउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा