काठमाडौं, १९ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ ।
आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई ‘वान डे’ वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
अब नेपाल र नेदरल्याण्ड्सलाई चार चार खेल खेलेपछि मात्र पूर्ण वरियतामा समावेश गरिने आइसिसीले जनाएको छ । अहिले आइसिसीको वान डे वरियतामा इंगल्याण्ड १२५ अंकका साथ पहिलो स्थानमा छ भने १२२ अंक रहेको भारत दोस्रो स्थानमा छ ।
एशोसिएटतर्फ २८ अंक रहेको स्कटल्याण्ड १३औँ तथा १८ अंकका साथ युएई १४औँ स्थानमा छ । नेदरल्याण्ड्सको १३ अंक छ भने नेपाल अंकविहीन छ । अब नेपाल र नेदरल्याण्ड्सले पूर्ण वरियतामा पर्न एक दिवसीय खेल खेल्नुपर्नेछ । नेपाल र नेदरल्याण्ड्सबीच आगामी अगस्त १ र ३ मा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुने यसअघि नै तय भइसकेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’