म्याड्रिड, स्पेन, १७ जेठ – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार आफूले स्पेनी प्रसिद्ध क्लब रियल म्याड्रिडबाट विदा लिने निर्णय गर्नुभएको छ ।
रियल म्याड्रिडले च्याम्पियन्स लिग जितेको पाँच दिनपछि क्लबबाट विदा लिन लागेको घोषणा गर्नुभएको हो । उहाँको नेतृत्वमा रियल म्याड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जितेको हो ।
एक्कासी गरिएको प्रेस सम्मेलनमा उहाँले भन्नुभयो, “मैले रियल म्याड्रिडको प्रशिक्षकका रूपमा अर्को वर्ष निरन्तरता नदिने निर्णय लिएको छु । तीन वर्षपछि मैले अर्को बाटो अर्थात् काम गर्ने अर्को शैली अपनाउनुपर्छ । क्लबले पनि आफ्नो स्तरीय प्रदर्शनका लागि नयाँ रणनीति अपनाउनु पर्छ । यो फरक व्यक्तिको प्रयासबाट सम्भव हुनेछ ।”
सम्मेलनमा उहाँले प्रशिक्षणका लागि तत्काल अर्को फुटबल समूह नखोजेको प्रतिक्रिया दिनुभयो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक