वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बिहीबार बताउनुभएको छ ।
सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्रलेखी तत्कालका लागि सम्भव नभएको जनाउनुभएको थियो । तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो ।
दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन् ।
एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ पर्खीरहेको छु । उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्नेछ ।”
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताउनुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप