ब्रसेल्स, बेल्जियम, १५ जेठ – बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मङ्गलबार एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी, एक बटुवा, र आक्रमणकारीसहित चार जनाको मृत्यु भएको छ ।
अज्ञात व्यक्ति छुरा देखाई प्रहरीको हतियार खोसी गोली चलाएको थियो । जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ । आक्रमणमा एक प्रहरी घाइते भएको बताइएको छ ।
प्रहरीबाट प्रतिकारमा गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको यहाँका सुरक्षा अधिकारीले बताएका छन् ।
स्थानीय समय अनुसार विहान १०.३० बजे शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।
‘आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो हामीले अहिलेसम्म केही पनि थाहा पाइसकेका छैनौँ, यसबारे अनुसन्धानपछि मात्र जानकारी गराउन सकिनेछ’- लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले बताउनुभयो ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम