टोकियो, १४ जेठ – उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने हुनुभएको छ । आवेले शिखरवार्ता भन्दा अगाडि नै आफूहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिनुभएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।
ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ ।
यसअघि भङ्ग होलाजस्तो भएको शिखर वार्ता निर्धारित समयमै हुने भएपछि दुबैतर्फका अधिकारीहरुले त्यसको आन्तरिक तयारी सुरु गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी शुरु भएको जनाएको छ ।
वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल आज उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?