
जापानको कागोसिमामा बिहीबारदेखी सञ्चालन भएको चार दिने जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एसप्याक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल । तस्बिर – पुरुषोत्तम सुबेदी, जापान (कागोसिमा), रासस
जापान, कागोसिमा, १३ जेठ – जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् ।
यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो ।
सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण नेपाली टोलीले गरेको छ ।
विश्वभरका ४६ देशका युवा जमातबीच एकअर्कामा परिचय, सम्बन्ध निकटता, विश्व बजारीकरण लगायतका क्षेत्रमा विचार आदानप्रदान गरिएको थियो ।
नेपाल जेसिजको इतिहासमा पहिलो पटक सबैभन्दा धैरै संख्यामा नेपाली टोलीले सो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने अवसर पाएकाले सम्मेलन नेपाल र नेपालीका साथै नेपाल जेसिजका लागि फलदायी हुनाका साथै कोशेढुङ्गा साबित हुने नेपाल जेसिज वर्ष–२०१८ का अन्तर्राष्ट्रिय संयोजक प्रदीमन वैद्यले बताउनुभयो ।
सम्मेलनले नेपाल र नेपालीको अन्तर्राष्ट्रियजगत्मा पहिचान साथै अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास लिइएको सम्मेलनमा सहभागी धपासी जेसिजका कार्यकारिणी उपाध्यक्ष अमित आचार्यले जानकारी दिनुभयो ।
सम्मेलनले नेपालको पर्यटन व्यवसायलाई प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियजगत्मा पुरयाउन सहयोग पुग्ने विश्वास लिइएको सम्मेलनमा सहभागी धापासी जेसिजका उपाध्यक्ष अनिल महर्जनले जानकारी दिनुभयो । १८ दखि ४० वर्ष सम्मका युवा पंक्तिको सहभागिता रहेको सम्मेलनले विश्वभरिका युवा जनशक्तिलाई आ–आफ्नो कार्य क्षेत्रमा थप गुणस्तरीयता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा सम्मेलनको रहेको छ ।
सम्मेलनमा विश्वभरका ४६ देशका करीब दश हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै