डब्लिन, आयरल्याण्ड, १२ जेठ – आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ ।
बहुमत जनताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका सङ्केत शुरुवाती नतिजाले देखाएको हो ।
आयरल्याण्डका ४० निर्वाचन क्षेत्रमध्ये पश्चिमी एक निर्वाचन क्षेत्रमा ६३ प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए जहाँ मतदानको ६० प्रतिशत नतिजा गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा देखिएको छ ।
गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ’इतिहास रच्न लागेको’ बताउनु भएको छ ।
शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो ।
संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ ।
द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका बताइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी