
लन्डन- बेलायतमा अधिक हुन्छन् च्यारिटी । उद्देश्य बडो सुन्दर हुन्छ, पैसा पनि उठ्छ । तर, संकलित सम्वन्धित ठाउंमा पुग्छ पुग्दैन कहिल्यै ‘फलोअप’ विषय बन्दैन । अनि उठेको रकम भन्दा खर्च बढि भएका च्यारिटी पनि असंख्य छन् । तर, बेलायतस्थित ‘मिसेस नेपाल यूके-२०१७’ समूहले गरेको एउटा च्यारिटीको सहयोग समयमै सम्वन्धित निकायमा पुगेको छ ।
‘मिसेस नेपाल यूके-२०१७’ ले बुधबार भक्तपुरस्थित अभिभावक स्वावलम्बन समूह (प्यारेन्ट्स सेल्फ हेल्प ग्रुप) लाई १० लाख रुपैयांको चेक हस्तान्तरण गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ उक्त रकम दिइयो ।
एक समारोहबीच ‘मिसेस नेपाल यूके-२०१७’ आयोजक मनिषा डंगोल श्रेष्ठ, ‘मिसेस नेपाल यूके– २०१७’ सेकेन्ड रनर अप अमृता गिरी गजुरेल, मिसेस ट्यालेन्ट अञ्जु श्रेष्ठ लगायतले चेक हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायत अभिभावक स्वावलम्बन समूहका सदस्यहरुको उपस्थिति थियो ।
‘मिसेस नेपाल यूके– २०१७’ समूहले गत मार्च दोश्रो साता बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा लन्डनमा एक च्यारिटी डिनर गरेर उक्त रकम संकलन गरेको थियो ।
च्यारिटी कार्यक्रममार्फत सहयोग संकलनका लागि ‘मिसेस नेपाल यूके– २०१७’ का सल्लाहकार शिवजी श्रेष्ठ, मिसेस नेपाल यूके आस्था जोशी, अन्य विजेताहरु गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, मञ्जु शाह, शर्मिला पछाई थापा र अञ्जु श्रेष्ठले विशेष योगदान गरेका थिए ।
सहयोग हस्तान्तरणका क्रममा सम्बोधन गर्दै ‘मिसेस नेपाल यूके– २०१७’ सेकेन्ड रनर अप अमृता गिरी गजुरेल, मनिषा डंगोल र अञ्जु श्रेष्ठले मस्तिष्क पक्षघातबाट पीडित बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले जोखिममा बांचिरहेका बालबालिकालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको समेत बताए ।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सुन्दा ग्ल्यामरजस्तो संस्था भए पनि मानवीय सेवामा समूहले गरेको सहयोग अतुलनीय भन्दै प्रशंसा गरे । जेनी भट्टराई
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री