काठमाडौँ, ९ जेठ – तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ ।
आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहुन्छ ।
केही समयअगाडि नेपाल आउनुभएका उहाँ नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउनुहुन्छ । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उहाँ भन्नुहुन्छ । रासससँग कुरा गर्दै उहाँले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।
अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उहाँ त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउनुहुन्छ । “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उहाँ भन्नुहुन्छ ।
अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उहाँको भनाइ थियो । पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उहाँले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने उहाँको सुझाव छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी