लन्डन । नेपालको शिक्षा क्षेत्रमा रहेका अवसरका विषयमा लन्डनमा चर्चा परिचर्चा गरिएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा सोमबार गरेको सेमिनारमा यस विषयमा चर्चा भएको हो ।
सेमिनारमा नेपालको शिक्षा क्षेत्रमा सेवा बिस्तार गरिसकेका तथा भविष्यमा गर्न चाहने बेलायती एजुकेसन प्रोभाइडरहरु, शिक्षा क्षेत्रसंग सम्बन्धित विज्ञ, प्रोफेसर लगायतको सहभागिता थियो ।
त्यसअवसरमा नेपालका लागि बेलायती राजदूत मोरिसले नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक विकासक्रमको चर्चा गर्दै स्थिर सरकार निर्माणसंगै इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा थप सहज वातावरण बनेको धारणा राखे । नेपाल सरकारका अधिकारीहरुसंगको भेटमा उनीहरु विदेशी लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध देखिएको समेत उनले बताए ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा काठमाडौंस्थित द ब्रिटिश कलेजका सिइओ राजन कंडेलले नेपालमा बेलायती विश्वविद्यालयका कोर्सहरु सञ्चालन गर्दाका अनुभव सुनाए । नेपालमा बेलायती पाठ्यक्रम पढाउने अर्को नयां कलेज स्थापना गर्न लागेका कंडेलले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरबारे पनि जानकारी गराए ।
त्यसअवसरमा केपिएमजी इण्डियाकी स्नेहा जोसेफले नेपालको शिक्षा क्षेत्रबारेको एक रिपोर्ट प्रस्तुत गर्दै बेलायती एजुकेसन प्रोभाइडरुहरुका लागि सम्भाव्य बजारबारे जानकारी दिइन् ।
स्कटल्याण्डको राष्ट्रिय अवार्डिङ निकाय एसक्यूएकी प्रतिनिधि एसलिङ केलीले बेलायत तथा नेपालको शिक्षा क्षेत्रबीच भएको सहकार्यबारे एक ‘प्रिजेन्टेसन’ दिइन् ।
कार्यक्रममा बेलायत तथा नेपालको शिक्षा क्षेत्रसंग सम्बन्धित सहभागीहरुले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि के कस्ता अवसर छन् भन्नेबारे अन्तरक्रियात्मक छलफल समेत गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने