लन्डन । नेपालको शिक्षा क्षेत्रमा रहेका अवसरका विषयमा लन्डनमा चर्चा परिचर्चा गरिएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा सोमबार गरेको सेमिनारमा यस विषयमा चर्चा भएको हो ।
सेमिनारमा नेपालको शिक्षा क्षेत्रमा सेवा बिस्तार गरिसकेका तथा भविष्यमा गर्न चाहने बेलायती एजुकेसन प्रोभाइडरहरु, शिक्षा क्षेत्रसंग सम्बन्धित विज्ञ, प्रोफेसर लगायतको सहभागिता थियो ।
त्यसअवसरमा नेपालका लागि बेलायती राजदूत मोरिसले नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक विकासक्रमको चर्चा गर्दै स्थिर सरकार निर्माणसंगै इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा थप सहज वातावरण बनेको धारणा राखे । नेपाल सरकारका अधिकारीहरुसंगको भेटमा उनीहरु विदेशी लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिवद्ध देखिएको समेत उनले बताए ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा काठमाडौंस्थित द ब्रिटिश कलेजका सिइओ राजन कंडेलले नेपालमा बेलायती विश्वविद्यालयका कोर्सहरु सञ्चालन गर्दाका अनुभव सुनाए । नेपालमा बेलायती पाठ्यक्रम पढाउने अर्को नयां कलेज स्थापना गर्न लागेका कंडेलले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरबारे पनि जानकारी गराए ।
त्यसअवसरमा केपिएमजी इण्डियाकी स्नेहा जोसेफले नेपालको शिक्षा क्षेत्रबारेको एक रिपोर्ट प्रस्तुत गर्दै बेलायती एजुकेसन प्रोभाइडरुहरुका लागि सम्भाव्य बजारबारे जानकारी दिइन् ।
स्कटल्याण्डको राष्ट्रिय अवार्डिङ निकाय एसक्यूएकी प्रतिनिधि एसलिङ केलीले बेलायत तथा नेपालको शिक्षा क्षेत्रबीच भएको सहकार्यबारे एक ‘प्रिजेन्टेसन’ दिइन् ।
कार्यक्रममा बेलायत तथा नेपालको शिक्षा क्षेत्रसंग सम्बन्धित सहभागीहरुले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि के कस्ता अवसर छन् भन्नेबारे अन्तरक्रियात्मक छलफल समेत गरेका थिए ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ