सोल, ८ जेठ – दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९.९ प्रतिशतसम्म रहेको बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले भन्नुभयो– ‘हामी उत्तर कोरियाप्रति आशावादी छौँ, आगामी उच्च सम्मेलनको लागि हामी ९९.९ प्रतिशत आशावादी रहेका छौँ ।’
उहाँ मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । त्यसअघि सोलमा सम्वाददाताहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘केही बिग्रिएको छैन, उत्तर कोरियासँग आगामी दिनमा वार्ता हुन्छ ।’
उहाँले उत्तर कोरियाको अमेरिकासँग पनि वार्ता हुने बताउनुभयो । ‘हामीले सबै तयारी गरिरहेका छौँ, हाम्रो र उत्तर कोरियाबीचको ‘समिट’ पनि हुन्छ र अमेरिकासँग पनि हुन्छ’-उहाँले भन्नुभयो ।
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।
तर हाल सोलमा जारी रहेको भनिएको सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् ।
उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ ।
दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले उक्त संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न आग्रह गरिरहेको छ ।
उता त्यतिमात्र नभएर उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ ।
उत्तर कोरियाको यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले आफ्नो तर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा