
लन्डन । बाग्मती नदी किनारमा एनआरएनए एसोसिएसनले बनाउन लागेको शंखमुल पार्कका लागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले शंखमूल पार्क परियोजना समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा संघका केन्द्रिय अध्यक्ष भवन भट्ट, संयोजकमा संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्य तथा सहसंयोजकमा लोकराज पौडेल (अष्ट्रेलिया), बिजन भट्ट (युके), मनोज गोर्खाली (मध्यपूर्व), कृष्ण पाण्डे (हङकङ), सुरेन श्रेष्ठ (युएसए) तथा द्वारिका महर्जन (नर्वे) रहेका छन् ।
सल्लाहकारहरुमा चिरन्जीवी ढकाल (युके), दिल गुरुङ (जर्मनी), सोनाम लामा (युएसए), निरजगोविन्द श्रेष्ठ (बेलारुस) र डमर घले (युके) रहेका छन् ।
त्यसैगरी, फण्डरेजिङ कोअर्डिनेटरहरुमा शालिकराम डुम्रे (चीन), नवराज शिवाकोटी (दक्षिण कोरिया), केश गुरुङ (अष्ट्रेलिया), हरि राम्जाली (अष्ट्रेलिया), प्रमोद दुवाडी (अष्ट्रेलिया), केशव सापकोटा (अष्ट्रेलिया), दिपेन्द्र महर्जन (अष्ट्रेलिया), यादव देवकोटा (अष्ट्रेलिया), दीपक घिमिरे (युएसए), रामेश्वर बुर्लाकोटी (युएसए), टेकबहादुर रुवाली (युएसए), दुर्गा दाहाल (युएसए), भरत अर्याल (युएसए), धनराज ढकाल (युएसए), खडक उप्रेती (युएसए), पुरन गिरी (युके), सुवास पोखरेल (युके), सुरेन्द्र त्रिपाठी (साउदी अरेबिया), जोन अर्याल (साउदी अरेबिया), सुदिप अर्याल (फिनल्याण्ड), शैलेन्द्र अधिकारी (डेनमार्क), त्रिलोचन सापकोटा (डेनमार्क), डिबी कंडेल (जापान), ओम शर्मा (बेल्जियम), टंक लम्साल (जर्मनी), ददि अर्याल (क्यानडा), अमीर गुरुङ (हल्याण्ड), शालिक गौतम (हल्याण्ड) र इश्वर रिजाल (पोर्चुगल) छन् ।
त्यसैगरी स्टेयरिङ कमिटीमा कुल आचार्य, जानकी गुरुङ, सोम सापकोटा, सुवास अधिकारी तथा हेमन्त दवाडी छन् ।
यसै वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको शंखमुल पार्कको कुल लागत झण्डै तीन करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये झण्डै आधा रकम जुटाउन बांकी रहेको बताइएको छ ।
‘नेपाल सरकारको बाग्मती सफाइ अभियानलाई सघाउन काठमाडौंमा शुरु गरिएको यो परियोजना एनआरएनएको गौरवसंग पनि गांसिएको छ । त्यसैले म सबै गैरआवासीय मित्रहरुलाई मन खोलेर यो परियोजनामा सहयोग गर्न आग्रह गर्दछु’- संयोजक आचार्यले भने ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त