
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा काठमाडौँमा आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको उत्कृष्ट खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडकालाई ट्रफी प्रदान गरिँदै । तस्वीर सौजन्य- नेपाल खेलकुद पत्रकार मञ्च, रासस
काठमाडौँ, ३ जेठ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा भने कप्तान खड्कासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की परेका थिए ।
त्यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा गौचनसँगै धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिए ।
वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा चुनिए । प्रशिक्षकतर्फ टमाटासँगै विनोद दास, फुटबलका छिरिङलोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा परेका थिए ।
त्यसैगरी पिपुल्स च्वाइसतर्फको अवार्ड टेबल टेनिसका स्यान्टु श्रेष्ठले पाए । पिपुल्स च्वाइस विधामा स्यान्टुसँगै क्रिकेटका सन्दीप, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ थिए । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकको उपाधि विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल एक एक थान प्राप्त गरे ।
त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दीप घोषित भए । युवाको मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल थिए ।
नेपाली फुटबलको श्रीवृद्विमा उल्लेखनीय योगदान पुरयाएका अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए ।
त्यसैगरी फरक प्रकृति (अपाङ्गता) बाट ह्वीलचेयर बास्केटबल र क्रिकेट खेलमा उल्लेखनीय योगदान पुरयाएका नेपाली सेनाका हिमाल लम्साल पारा एथलिट अवार्डबाट सम्मानित भए ।
स्पेशल अवार्डबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित भए । वर्षको युवा, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट र स्पेशल अवार्डबाट सम्मानित हुने खेलाडीले ट्रफीसहित जनही रु ५० हजार पुरस्कार पाए ।
विजेता तथा मनोनयनमा पर्ने खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता