सोल, २ जेठ – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ ।
बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।
उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोध गर्दै सो बैठक नबस्ने जनाएको हो ।
उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल हालै दक्षिण कोरिया पुगेको थियो । सोही प्रतिनिधिमण्डलले उच्चस्तरीय बैठक पनि आयोजना गर्ने सहमति गरेको थियो ।
दक्षिण कोरियामा सो देश र अमेरिकाको सैनिक अभ्यास सुरु भएको थियो । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको थियो ।
सो सैनिक अभ्यासले दुई कोरियाबीच गत अप्रिल २७ को शान्ति सम्झौताको उल्लंघन गरेको भन्दै आगामी केही दिनमा यदि उक्त सैनिक अभ्यासको तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ । त्यसअघि उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीचक हुने भनिएको यस बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।
सोही बैठकको पूर्व सन्ध्यामा भएको उत्तर कोरियाली नेताको चीन भ्रमणलाई पनि अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुग्नुभएको थियो ।
गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच उच्चस्तरीय बैठक भएको थियो ।
उक्त बैठकमा भएको शान्ति सम्झौताका साथै अरु सहमतिको कार्यान्वयनका लागि बुधबार दुई कोरियाबीच यो बैठक बस्न लागेको बताइएको थियो ।
मन्त्रीस्तरमा हुने बताइएको सो बैठकले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुआत गर्ने बताइएको थियो । दक्षिण कोरियाका राष्ट्रिय एकता मन्त्रीले सो बैठकमा सहभागिता जनाउनुहुने समाचार आइसकेको थियो ।
उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने केही बताएको छैन । अमेरिकाको पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा