काठमाडौँ-राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।
गत वर्ष गएको आँधीका कारण जीर्ण बनेको क्यारेवियन क्षेत्रमा रहेको क्रिकेट स्टेडियमको पुनःनिर्माणका लागि हुने उक्त खेल यही जेठ १७ गते(मे ३१ मा) इङग्ल्यान्डको लर्ड्समा हुनेछ । वेष्ट इन्डिज टि ट्वेन्टीको विश्वकप विजेता टोली पनि हो ।
बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाई नाम फिर्ता लिएपछि सन्दीपले मौका पाएका हुन् । भारतमा भएकै इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय सन्दीपकै लागि उक्त ऐतिहासिक खेल हुनेछ । त्यस्तै सन्दीप वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सिपीएल) मा पनि परेका छन् ।
विश्व एघारमा इयान मोर्गनले कप्तानीकै भूमिका निभाउनेछन् । त्यस्तै उक्त टोलीमा सन्दीपसँगै पाकिस्तानी ब्याट्सम्यान साहिद अफ्रिदी, तमिम इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्यालेनघान, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोचीले खेल्नेछन् ।
यस्तै वेष्ट इन्डिजको कप्तानमा भने कार्लोस ब्राथवे छन् । उनको टोलीमा क्रिस गेल, मार्लोन सामुएल्स, एभिल लेविस, आन्द्रे रसेललगायत खेलाडीले खेल्नेछन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा