लन्डन । सहारा यूके र एनआरएनए यूकेले ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ सप्ताहन्त एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेका छन् । १३ मे आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा खेल भएको हो । मैत्रीपूर्ण खेलमा एनआरएनए यूकेले ६ गोल गरि विजयी भयो भने सहारा यूके ४ गोलमा सिमित रहयो ।
खेल समापनपछि प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले विजयी टिमका खेलाडीलाई २० गोल्ड मेडल र उपविजेता खेलाडीलाई २० सिल्भर मेडल प्रदान गरे ।
प्रमुख अतिथी आरणले रेफ्री गम गुरुङलाई बल प्रदान गरेपछि एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले मायाको चिनो साटासाट गरि खेल शुभारम्भ भएको थियो ।
स्वास्थ्यका लागि खेलकुदको आवश्यकताबारे सजग गराउन एवं युवाहरुलाई खेलप्रति उत्प्रेरित गर्न मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।
उक्त खेलको संयोजन सहारा एफसीका चियरमेन लेप्टेन कुसान गुरुङले गरेका थिए भने आयोजक टिमका धनु थकाली, शारदा गुरुङ, नारायण गुरुङ, कुमार गुरुङ, कृष्णा गुरुङले मद्दत गरेका थिए । सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष, सल्लाहकार र सदस्यहरुले पनि खेल आयोजनामा सहयोग गरे ।
उक्त खेल बचेको रकम सहारा एकेडेमीको २ करोड रुपैयांको अक्षयकोषका लागि प्रदान गरिने सहारा यूके अध्यक्ष मीन बहादुर गुरुङ (साईंला) ले जनाए । सहारा पोखराले २८ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा प्रदान गरिरहेको छ ।
मन्तव्यका क्रममा प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सहारा यूकेले खेल जस्तो प्रशंसनीय कार्य गरेको जनाउंदै यसलाई निरन्तरता दिन जोड दिए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठीले आगामी दिनमा अझ टिम सहभागिता बढाइ यसलाई वर्षेनी गर्न सुझाए । उनीहरुले सहारा यूकेले खेलकुदको विकासबाहेक भूकम्पछि स्कुल पुनर्निर्माण, पोखरास्थित सहारा एकेडेमीलाई आर्थिक सहयोग, यूकेमा युवाहरु संलग्न गराइ ‘सन्डे लिग’ खेलाइरहेको जस्ता प्रशंसनीय कार्य गरेको बताएका थिए ।
सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले खेलाडी, सम्पूर्ण सहयोगी र सञ्चारकर्मीहरुलाई मैत्रीपूर्ण खेल सफल बनाएकामा आभार व्यक्त गरे । औपचारिक कार्यक्रममा महासचिव कृष्ण गुरुङले स्वागत मन्तव्य दिए ।
खेलका क्रममा भेटघाट रेष्टुरेन्टले खाना एवं सहारा यूकेका दिदीबहिनीले खाजा व्यवस्था गरेका थिए ।
कार्यक्रममा एनआरएनए लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, आइसीसी सदस्य शान्ति थापा कुंवर, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ र योगेन क्षेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’