लन्डन । सहारा यूके र एनआरएनए यूकेले ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ सप्ताहन्त एक मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेका छन् । १३ मे आइतबार अल्डरसटस्थित कन्नट स्कुल मैदानमा खेल भएको हो । मैत्रीपूर्ण खेलमा एनआरएनए यूकेले ६ गोल गरि विजयी भयो भने सहारा यूके ४ गोलमा सिमित रहयो ।
खेल समापनपछि प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले विजयी टिमका खेलाडीलाई २० गोल्ड मेडल र उपविजेता खेलाडीलाई २० सिल्भर मेडल प्रदान गरे ।
प्रमुख अतिथी आरणले रेफ्री गम गुरुङलाई बल प्रदान गरेपछि एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले मायाको चिनो साटासाट गरि खेल शुभारम्भ भएको थियो ।
स्वास्थ्यका लागि खेलकुदको आवश्यकताबारे सजग गराउन एवं युवाहरुलाई खेलप्रति उत्प्रेरित गर्न मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।
उक्त खेलको संयोजन सहारा एफसीका चियरमेन लेप्टेन कुसान गुरुङले गरेका थिए भने आयोजक टिमका धनु थकाली, शारदा गुरुङ, नारायण गुरुङ, कुमार गुरुङ, कृष्णा गुरुङले मद्दत गरेका थिए । सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष, सल्लाहकार र सदस्यहरुले पनि खेल आयोजनामा सहयोग गरे ।
उक्त खेल बचेको रकम सहारा एकेडेमीको २ करोड रुपैयांको अक्षयकोषका लागि प्रदान गरिने सहारा यूके अध्यक्ष मीन बहादुर गुरुङ (साईंला) ले जनाए । सहारा पोखराले २८ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा प्रदान गरिरहेको छ ।
मन्तव्यका क्रममा प्रमुख अतिथी दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सहारा यूकेले खेल जस्तो प्रशंसनीय कार्य गरेको जनाउंदै यसलाई निरन्तरता दिन जोड दिए । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठीले आगामी दिनमा अझ टिम सहभागिता बढाइ यसलाई वर्षेनी गर्न सुझाए । उनीहरुले सहारा यूकेले खेलकुदको विकासबाहेक भूकम्पछि स्कुल पुनर्निर्माण, पोखरास्थित सहारा एकेडेमीलाई आर्थिक सहयोग, यूकेमा युवाहरु संलग्न गराइ ‘सन्डे लिग’ खेलाइरहेको जस्ता प्रशंसनीय कार्य गरेको बताएका थिए ।
सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साईंला) ले खेलाडी, सम्पूर्ण सहयोगी र सञ्चारकर्मीहरुलाई मैत्रीपूर्ण खेल सफल बनाएकामा आभार व्यक्त गरे । औपचारिक कार्यक्रममा महासचिव कृष्ण गुरुङले स्वागत मन्तव्य दिए ।
खेलका क्रममा भेटघाट रेष्टुरेन्टले खाना एवं सहारा यूकेका दिदीबहिनीले खाजा व्यवस्था गरेका थिए ।
कार्यक्रममा एनआरएनए लन्डनस्थित नेपाली दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, आइसीसी सदस्य शान्ति थापा कुंवर, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ र योगेन क्षेत्री लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक