लन्डन । युके मोटर जोनले यसवर्षको गोरखा कपमा आउडी कार चिट्ठामा राख्ने भएको छ ।
तमुधिं यूकेको आयोजनामा २७ मेमा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने गोर्खा कपमा १० पाउण्डको चिट्ठा खरिदमा पाँच ढोके कार राखिएको हो । कम्पनीका प्रवन्धक विप्लब गुरुङले ‘नाफा कमाउनेभन्दा भन्दा पनि बजार विस्तारका हिसाबले सो योजना राखिएको’ बताए ।
गत साल पनि युके मोटर जोनले मिनी कुपर कार चिट्ठामा राखेको थियो । क्याबर्लीमा रहेको युके कार जोनले कार खरिद विक्री र मर्मत गर्ने गर्दछ ।
बेलायतमा नेपालीको सबैभन्दा वृहत जमघट रहने गोर्खा कप फुटबल प्रतियोगिता यस पटक १६ औं संस्करणका रुपमा आयोजना हुंदैछ । प्रतियोगितामा नन भेट्रानतर्फ वीनरले २५०० पाउण्ड पुरस्कार र ट्रफी पाउने आयोजकले जनाएका छन् । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र सेकेन्डले ८०० पाउण्ड पाउने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।
गोर्खा कपमा ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि आकर्षण हुनेछन् ।
तमुधिं यूकेले टिम दर्ताका लागि आव्हान गर्दै टिम इन्ट्री २० मेसम्म खुल्ला रहेको जनाएको छ । म्याच ड्र र टिम घोषणा २० मेमा पत्रकार सम्मेलनमार्फत गर्ने कार्यक्रम छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक