लन्डन । युके मोटर जोनले यसवर्षको गोरखा कपमा आउडी कार चिट्ठामा राख्ने भएको छ ।
तमुधिं यूकेको आयोजनामा २७ मेमा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा हुने गोर्खा कपमा १० पाउण्डको चिट्ठा खरिदमा पाँच ढोके कार राखिएको हो । कम्पनीका प्रवन्धक विप्लब गुरुङले ‘नाफा कमाउनेभन्दा भन्दा पनि बजार विस्तारका हिसाबले सो योजना राखिएको’ बताए ।
गत साल पनि युके मोटर जोनले मिनी कुपर कार चिट्ठामा राखेको थियो । क्याबर्लीमा रहेको युके कार जोनले कार खरिद विक्री र मर्मत गर्ने गर्दछ ।
बेलायतमा नेपालीको सबैभन्दा वृहत जमघट रहने गोर्खा कप फुटबल प्रतियोगिता यस पटक १६ औं संस्करणका रुपमा आयोजना हुंदैछ । प्रतियोगितामा नन भेट्रानतर्फ वीनरले २५०० पाउण्ड पुरस्कार र ट्रफी पाउने आयोजकले जनाएका छन् । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र सेकेन्डले ८०० पाउण्ड पाउने तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए ।
गोर्खा कपमा ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, पञ्चे बाजा, पाइपर, कल्चरल डान्स, खुकुरी डान्स, खानाका स्टल, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि आकर्षण हुनेछन् ।
तमुधिं यूकेले टिम दर्ताका लागि आव्हान गर्दै टिम इन्ट्री २० मेसम्म खुल्ला रहेको जनाएको छ । म्याच ड्र र टिम घोषणा २० मेमा पत्रकार सम्मेलनमार्फत गर्ने कार्यक्रम छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित