नयाँदिल्ली, ३१ वैशाख – भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ ।
यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन् । ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ ।
यस आँधी बेहरी र वर्षामा परी उत्तर प्रदेशमा १८, पश्चिम बंगालमा १२ आन्ध्र प्रदेशमा नौजना र नयाँ दिल्लीमा दुईजना व्यक्तिको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् ।
राजधानी नयाँ दिल्लीमा धुलोसहितको आँधीबेहरीप्रति घण्टा १०९ किलोमिटरको दरले आएको मौसम विभागका विज्ञहरुले जानकारी दिएका छन् ।
यस आँधीमा परी दर्जनौँ स्थानीय घाइते भई अस्पतालमा उपचार जारी रहेको भारतीय अल इण्डिया रेडियो (एआइआर) ले जानकारी दिएको छ ।
यस आँधीका कारण नयाँ दिल्लीको इन्दिरागान्धी इन्टरनेशनल विमानस्थलबाट सोमबार उडान भर्नुपर्ने ७० उडान अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यस प्रकोपको कारण कतिपय स्थानमा विद्युत्का लाइन अवरुद्ध भएका छन् । यस आँधीमा परी ज्यान गुमाएका परिवार र घाइते व्यक्तिप्रति भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले दुःख प्रकट गर्नुभएको छ ।
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारतको नयाँ दिल्लीमा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने