लिस्बोन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष तथा पोर्तुगलमा एकजना सफल नेपाली ब्यवसायीका रूपमा परिचित समाजसेवी नरभुपाल राईको छुट्टीमा नेपाल गएको बेला असमायिक र दुःखद निधन भएको छ ।
मे १३ तारिख नेपाल धरानस्थित आफ्नै घरमा आफ्नो छोराको छेवर अर्थात पहिलो चोटी कपाल खौरने कार्यको तयारीको लागि उनी घर सरसफाइ गर्दै थिए । सोही क्रममा चिप्लिएर भरयाङबाट लड्दा घांटीमा सिसाले गहिरोसंग काटेपछि धरानको विपी कोइराला मेमोरियल हस्पिटल लगेर उपचार गर्दागर्दै असामयिक निधन भएको परिवारबाट जानकारी दिइएको छ ।
राईको अकल्पनीय र असामयिक निधनले पोर्तुगलको नेपाली समुदाय शोकमग्न बनेको छ । पोर्तुगलका सबै नेपाली संघ संस्थाले शोक बक्तब्य निकाल्दै दुःख ब्यक्त गरेका छन् । उनी पोर्तुगलको राजधानी लिस्बोनमा सगरमाथा चेन रेस्टुरेन्टका प्रोपाइटर थिए । विगत १५ वर्षदेखि उनी पोर्तुगल बस्दै आएका थिए । उनका एक छोरा र श्रीमती छन् । उनको परिवारका सबै सदस्य भेला भएपछि किरात संस्कार अनुसार अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी