लिस्बोन । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष तथा पोर्तुगलमा एकजना सफल नेपाली ब्यवसायीका रूपमा परिचित समाजसेवी नरभुपाल राईको छुट्टीमा नेपाल गएको बेला असमायिक र दुःखद निधन भएको छ ।
मे १३ तारिख नेपाल धरानस्थित आफ्नै घरमा आफ्नो छोराको छेवर अर्थात पहिलो चोटी कपाल खौरने कार्यको तयारीको लागि उनी घर सरसफाइ गर्दै थिए । सोही क्रममा चिप्लिएर भरयाङबाट लड्दा घांटीमा सिसाले गहिरोसंग काटेपछि धरानको विपी कोइराला मेमोरियल हस्पिटल लगेर उपचार गर्दागर्दै असामयिक निधन भएको परिवारबाट जानकारी दिइएको छ ।
राईको अकल्पनीय र असामयिक निधनले पोर्तुगलको नेपाली समुदाय शोकमग्न बनेको छ । पोर्तुगलका सबै नेपाली संघ संस्थाले शोक बक्तब्य निकाल्दै दुःख ब्यक्त गरेका छन् । उनी पोर्तुगलको राजधानी लिस्बोनमा सगरमाथा चेन रेस्टुरेन्टका प्रोपाइटर थिए । विगत १५ वर्षदेखि उनी पोर्तुगल बस्दै आएका थिए । उनका एक छोरा र श्रीमती छन् । उनको परिवारका सबै सदस्य भेला भएपछि किरात संस्कार अनुसार अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत