सोल, दक्षिण कोरिया, २९ वैशाख – उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थल नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ ।
आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि रहँदै आएको तनाव अन्त्य गर्ने उद्देश्यका साथ हुने शिखर सम्मेलनलाई मार्ग प्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको हो ।
उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्ने प्रक्रियालाई अघि बढाएको छ । आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षणस्थलको नष्ट गर्ने प्रक्रिया अन्तर्गत विदेशी सञ्चारमाध्यमलाई बोलाइने छ जसले उक्त कामको अनुगमन गर्नेछ ।
चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई आणविक हतियार परीक्षणस्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ ।
केसिएनएले विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै भनेको छ, “यदि मौसम अनुकुल रहेमा हतियार परीक्षणस्थललाई यही मे २३ र २५ गते नष्ट गर्ने कार्यक्रम तय भएको छ ।”
अमेरिकाले उत्तर कोरियालाई सघाउने
वासिङटन, २९ बैशाख – आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
हालै उत्तर कोरियाको भ्रमण गरेर फर्किनुभएका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ । यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गर्नु भएको थियो । यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो ।
“यदि किमले सही बाटो रोज्नुभयो भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ,” वासिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि माइकले भन्नुभएको थियो । माइकले उत्तर कोरियालाई छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्नसमेत आग्रह गर्नुभएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक अकस्मात गत बुधबार उत्तर कोरिया पुग्नुभएको बेला उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा गरेका थिए ।
अमेरिकी विदेशमन्त्रीका रूपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उहाँ बुधबार त्यहाँ पुग्नुभएको थियो ।
उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन् । तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन् ।
ती अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर नियन्त्रणमा लिने गरेको छ । उनीहरूलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’