इश्लामावाद, पाकिस्तान, २८ वैशाख – अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरिएको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ ।
पाकिस्तान र अमेरिकाबीच एक अर्काका कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा चलाएको एउटा गाडीले इश्लामावादमा पाकिस्तानी मोटरसाइकल चालकलाई ठक्कर दिइएपछि गत अप्रिल ७ मा भएको मृत्युका कारण भएको हो । हल अमेरिकी राजदूतावासका रक्षा तथा वायुसेनासँग आवद्धता रहेका अधिकारी हुनुहुन्छ ।
पाकिस्तानले बिहीबार आफ्ना अमेरिकामा रहेका कुटनीतिज्ञमाथि यही मे ११ देखि लागु हुनेगरी यात्रा गर्न प्रतिबन्ध लगाइएको पुष्टि गरेको थियो ।
अमेरिकाले पहिले मे १ बाट लागु हुनेगरी पाकिस्तानमाथि प्रतिबन्ध लगाउने योजना ल्याउन लागेकोमा यसलाई १० दिन पछि सारेको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसललाई के कुटनीतिज्ञमाथि यात्रामा लगाइएको प्रतिबन्ध शनिबारदेखि नै लागु हुनेछन् भनी गरिएको प्रश्नमा भन्नुभयो, “यात्रमा प्रतिबन्ध मे ११ देखि नै लागु गरिने छ । तर यस बिषयको समाधानका लागि दुबै पक्षबीच वार्ता भइरहेका छन् ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इश्लामावादमाथि गत जनवरीमा आतङ्कवाद नियन्त्रण गर्ने प्रतिवद्धता विपरीत आतङ्कवाद नियन्त्रणमा आवश्यक सहयोग नगरेको बताउनुभएको थियो । पछि वासिङ्टनबाट पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्का भएको थियो ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा