बेइजिङ, चीन, २७ वैशाख – यूरोपेली संघ (इयू) ले चिनियाँ उत्पादनको अनुसन्धानमा चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार ‘तीब्र असन्तुष्टी’ प्रकट गरेको छ ।
चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको दावी चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता गेओ फेङले बताउनुभयो ।
‘चीनले आफ्ना व्यापारिक गतिविधिउपर निष्पक्ष व्यवहार देखाउन आग्रह गर्दछ’, गेओले भन्नुभयो ।
चीनको यो भनाई यूरोपेली आयोगले चीनमा उत्पादन भई यूरोपमा निर्यात हुने सामानमाथि यही मे ८ गतेदेखि लागू भई आगामी छ महिनाका लागि कायम रहने गरी चिनियाँ टायरमा लगाइएको कर संरक्षणवादी धारणाबाट आएको भन्दै यसबारे असन्तुष्टि जनाइएको हो ।
गेओले भन्नुभयो, “मन्त्रालयले इयूको कदमले चीनको व्यापारलाई प्रभावित मात्र तुल्याउने नभई इयूको टायर उद्योगको दीर्घकालीन विकासका साथै यूरोपेली उपभोक्ताको चाहानालाई अवमुल्यनसमेत गर्नेछ ।”
चीनले उक्त मुद्दाबारेमा हुने प्रगतिबारे सुक्ष्म तथा निकटरूपमा पछ्याउने छ र चिनियाँ उद्योगीहरूको वैध चासोको पक्षमा वकालत गर्ने उहाँले बताउनुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]