वासिङ्टन, संयुक्त राज्य अमेरिका, २७ वैशाख – अमेरिका र उत्तरकोरियाली नेताहरूबीच लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने वार्ता सिङ्गापुरमा जुन १२ मा हुने गरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार जनाउनुभएको छ । यद्यपि यस बिषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन ।
यस पहिले वार्ताको बिषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच छलफल भएको जापानी विदेश मन्त्रालयले जनाएको थियो । एसियाली नेताहरूको छलफललाई जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी