काठमाडौँ-राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) प्रदेश नं १, २ र ४ परेको छ । त्यस्तै समूह ‘बी’ मा भने नेपाल पुलिस क्लबसँगै प्रदेश नं ३, ५, ६ र ७ छन् ।
प्रतियोगिताको विजेता टोलीले रु २० लाख र उपविजेताले रु १० लाख पाउनेछ । त्यस्तै ‘म्यान अफ दि सिरिज’ ले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार पाउनेछन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?