काठमाडौँ-राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ ।
आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । जसअनुसार समूह ‘ए’ मा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) प्रदेश नं १, २ र ४ परेको छ । त्यस्तै समूह ‘बी’ मा भने नेपाल पुलिस क्लबसँगै प्रदेश नं ३, ५, ६ र ७ छन् ।
प्रतियोगिताको विजेता टोलीले रु २० लाख र उपविजेताले रु १० लाख पाउनेछ । त्यस्तै ‘म्यान अफ दि सिरिज’ ले रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार पाउनेछन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा