
क्वालालम्पुर, २७ वैशाख – मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको छ ।
उहाँको चुनावी गठबन्धन सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ ।
महाथिर हाल ९२ वर्षका हुनुहुन्छ । ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।
बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उहाँले नजिबको सत्ता ढालिदिनुभएको हो ।
प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किनुभएको थियो ।
राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गर्नुभएको छ ।
महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गर्नुभएको थियो । त्यस समय उहाँ विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिनुभएको थियो ।
रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनाव पनि सहनु परेको थियो । सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा आउनुभएको थियो ।
सरकार गठन गर्न यहँको सदनमा ११२ सिट आवश्यक पर्दछ । तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ । त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ ।
यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई ‘आश्चर्यजनक’ भनेका छन् । महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ ।
पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले ‘नाटकीय’ भनी संज्ञा दिएपनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण यहाँको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ ।
यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो । संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो ।
महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिनुहुने भएको छ । अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहने समाचारहरुमा जनाइएको छ ।
गएराति निर्वाचन परिणाम घोषणा भएसँगै उहाँको गठबन्धन समर्थक नागरिकले ठूलो संख्यामा विजय जलुश निकालेका थिए । उनीहरुले महाथिरको पुनरागमनको लागि आग्रह पनि गरिरहेका थिए ।
निर्वाचन परिणाम घोषणा भएपछि पनि महाथिर पुनः सत्तामा फर्किने वा नफर्किने भन्ने बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर, पछिल्लो निर्णयमा उहाँले प्रधानमन्त्रीको सपथ लिने भने पछि यहाँको राजनीतिक परिस्थिति फेरिएको समाचारहरु आएका छन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा